इलाम । अनाथालयकी बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको हो ।
अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
सचिव राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।
Leave a Reply