Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाका भाइरल वडा अध्यक्ष रिजालको घरमा बालेनको लन्च मिटिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल थालेका छन् । सोहि क्रममा शनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई भेटेका छन् ।

रिजालकै घर बालाजुमा भेट्न पुगेका शाहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए । शाहले रिजालको कार्यशैलीबाट आफु प्रभावित भएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका थिए ।

लन्च सहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै उनले आफुले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताए । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा प्रक्रियाको विषय सम्झाउँदा तोडफोड गरेर रिजाललाई सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077