Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भारतमा मुस्लिमको हिंसात्मक प्रदर्शन : दुई जनाको मृत्यु, ८ घाइते

    भारतमा मुस्लिमको हिंसात्मक प्रदर्शन : दुई जनाको मृत्यु, ८ घाइते

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गर्दै भारतीय जनता पार्टी नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ ।

    मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ ।



    राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा उपचारका क्रममा मृत्यु भएको छ भने ८ जना घाइतेको उपचार जारी रहेको भाबताइएको छ ।



    राँचीमा प्रदर्शन उग्र भएपछि भीडलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार