काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले माउन्टेन फ्लाइटबाट हिमाल अवलोकन गर्ने भएका छन् ।
उनी आज शनिबार माउन्टेन फ्लाइटमा सहभागी हुने छन् । उनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नेछन् ।
भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए।
लगत्तै उनी प्रधान सेनापति प्रमुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । चार्ल्स ए फ्लिनसहितको भ्रमण टोली आइतबार स्वदेश फिर्ता हुने सेनाले जनाएको छ ।
Leave a Reply