काठमाडौं । काठमाडौं उपत्यकामा मध्यराति भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ स् ३६ बजे भक्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रले ४.७ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ। भूकम्प गएलगत्तै स्थानीय बाहिर निस्किएका थिए ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बेलाबेला परकम्प जाने गरेको छ ।
Leave a Reply