Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरूबीच तत्काल एकता सम्भव नभएको स्पष्ट पारेका छन् ।

दमकमा शुक्रवार प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले अब हुने संघीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार नभएको बताए ।

वामपन्थी विचार मिल्ने दलहरूबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077