Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले सुरक्षा निकायलाई भन्यो - मिटरब्याजीविरुद्ध तत्काल कारवाही थाल्नू

काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाइए कार्वाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न नगराउन भनेको हो।

विज्ञप्तीमा भनिएको छ, 'मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।'

यस्ता गैरकानूनी भएको पाइए कानूनबमोजिम कारबाही गर्न गृहले सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ।

‘त्यस्ता कार्य प्रचलित कानूनअनुसार दण्डनीय भएकोले त्यस किसिमका कानून विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाईमा जानकारी गराउनुहुन सर्वसाधारणमा अनुरोध गरिन्छ,' जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077