Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्ग : आँबुखैरेनी–मुग्लिन सडकखण्ड भोलि बिहान ६ बजेसम्म बन्द रहने

दमौली । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्ड शुक्रबार बेलुका ७ बजेदेखि बन्द रहने भएको छ ।

आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।

बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी सडक खन्न थालिएको छ ।

डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिइन् । “रातिको समयमा जोखिम सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको छ ।”

यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे बिकले उक्त खण्डको आजै निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिए । सडक भासिएर उक्त ठाउँबाट कार र मोटरसाइकल खस्दा दुईजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077