काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उनको भनाइ छ ।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै लोसपा नेतृ चौधरीले दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिन् । चुनावमा भोट माग्न किन आएको भन्दै आफूलाई आक्रमणको प्रयास भएको उनले बताइन् ।
‘हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ भनेर मेरो आमालाई भनिएको बताउँदै उनले यस्तो पीडा आफ्नो परिवारले २७ वर्षदेखि भोग्दै आएको बताइन् ।
Leave a Reply