Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • धनगढीमा दुई अर्बको लगानीमा खुल्यो भाट–भटेनीको २३ औँ शाखा

    धनगढीमा दुई अर्बको लगानीमा खुल्यो भाट–भटेनीको २३ औँ शाखा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।

    देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।



    १७ कट्ठा जग्गामा डेढ लाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न,लत्ता कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगायत सम्पूर्ण सामानहरू उपलब्ध छन् । सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए ।



    उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए । शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, धनगढीका प्रजिअ किरण थापा, लगाएतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार