Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तालमेल हुनसक्छ तर गठबन्धन हुँदैन : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आगामी कात्तिक मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमालेले तालमेल गर्नसक्ने भएपनि गठबन्धन नगर्ने बताएका छन् ।

बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा रातोपाटीसँग अनौपचारिक कुराकानीका क्रममा महासचिव पोखरेलले एमाले गठबन्धन गरेर चुनावमा नजाने प्रस्ट पारे ।

‘एमाले गठबन्धन गर्ने पक्षमा छैन, एक्लै चुनाव लड्छ । चुनावी तालमेलसम्म भने गर्नसक्छ’, महासचिव पोखरेलले भने, ‘निर्वाचन मिति घोषणा भएपछि कोसँग तालमेल गर्ने भन्ने प्रस्ट हुन्छ ।’

महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले केपी ओली र एमालेलाई कमजोर बनाउने घोषित नीति नै लिएकाले ती दलहरूसँग तालमेलको सम्भावना नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077