Online Nepal
  • बुधबार, १० पुष २०८१
  • मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

    मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता बसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।



    २०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।



    त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार