काठमाडौं । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ ।
ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामीको बिहीवार बिहान बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Leave a Reply