Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यी चार मन्त्रालयबारे छलफल हुने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

आज प्रतिनिधि सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।

यसअघि बुधवार पनि विभिन्न ४ वटा मन्त्रालयहरूको छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077