Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सेप्टिक ट्यांकीमा खसेर दुई जनाको मृत्यु

    सेप्टिक ट्यांकीमा खसेर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन । सेप्टिक ट्यांकी सफा गर्ने क्रममा बुधबार चितवनमा दुई जनाको निधन भएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका-९ बस्ने २४ वर्षका छतिराम थारू र २३ वर्षका राम चौधरी रहेका छन् ।



    भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा छतिराम चिप्लिएर सेफ्टी ट्याङ्कीमा खसेका थिए ।



    छतिराम खसेपछि उनलाई झिक्न भन्दै राम चौधरी ट्यांकीमा छिरेका थिए । छतिराम र राम साला-भेना रहेको बुझिएको छ ।

    प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगले दुबै जनाको शव निकालिएको थियो । दुवै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार