काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
बुधबार जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यकक्षमा भेट भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Leave a Reply