Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुलही लिएर जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौं । दुलही लिएर जाँदै गरेको जन्ती बस पूर्वी चितवनको रत्ननगरमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

रत्ननगरको निपनीको हरिहर मन्दिरबाट जन्ति लिएर खैरहनी जाँदै बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस टाँडीको लोरीघोलमा पल्टिएको हो ।

दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् ।

बसमा ३० जना सवार थिए। घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077