Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल र भारतबीच भएको कोशी सम्झौता रद्द गर्न माग

जनकपुरधाम । मधेश प्रदेशका सांसद विदेश्वर यादव ‘विक्की’ ले नेपाल र भारतबीच भएको कोशी सम्झौता रद्द गर्न माग गरेका छन् ।

सम्झौता बमोजिम भारतले काम नगरेको भन्दै त्यही कारण सप्तरीको दक्षिणी भेगका जनता समस्यामा पर्न थालेको बताए ।

बुधबारको प्रदेश सभाको बैठकमा बोल्दै सांसद यादवले सप्तरीको दक्षिणी भेगमा ३२ किलोमिटरसम्म रहेको कोशी पश्चिमी नहरको डिलको सडक जीर्ण बनेको वर्षौ भइसकेको बताए ।

‘सप्तरीको दक्षिणी क्षेत्रका जनताको प्रमुख सडकको रुपमा यो नहरको डिल रही आएको छ’ सांसद यादवले भने, ‘तर बर्षौदेखि जीर्ण छ । सम्झौता अनुसार मर्मत सम्भार गर्ने जिम्मा लिएको भारतले कुनै चासो नै दिएको छैन । जसका कारण बर्षभरि नै हिंडडुल गर्न समस्या भइरहेको छ ।’

४० बर्षदेखि सडक मर्मत नगरिएको भन्दै उनले सबैतिर ध्यानाकर्षण गराउँदा पनि कुनै निकायले चासो नदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077