Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले लगाएको ताला ३ दिनभित्र खोल्न अल्टिमेटम दिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गरी ३ दिनभित्र विश्वविद्यालयको काम सञ्चालन नभए अनेरास्ववियुले ताला फोड्ने चेतावनी दिएकी छन् ।

‘देशको जिम्मेवार संगठन हुनुको कर्तव्यबोधले हामीलाई बाध्य बनाएको छ, अबको ३ दिनभित्र विश्वविद्यालयको काम सुचारु नबनाए अनेरास्ववियुले ताला फोेरेर विश्वविद्यालय सञ्चालन गर्न सहयोग गर्नेछ । त्यस पछाडि उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न हामी तयार छौं’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् ।

नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै पाँच महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा ताला लगाउनेलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077