Online Nepal
  • बुधबार, २ माघ २०८१
  • एक हप्ता पछि शेयरबजारमा हरियाली, ६० अंकले बढ्यो नेप्से

    एक हप्ता पछि शेयरबजारमा हरियाली, ६० अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं ।आज शेयरबजारमा आज हरियाली छाएको छ । आज नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक ६०.२२ अंकले बढेर २०८०.४४ को बिन्दुमा पुगेको हो ।

    आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँको कारोबार भएको छ ।



    शेयरबजारमा आज एकाएक ६० अंकको बृद्धि भएपनि कारोबारमा भने खासै सुधार देखिएको छैन ।

    साढे १ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको हो ।

    नेप्से बढेसँगै यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ४.११ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार