Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किसानहरूको आँशुले हामीलाई पोल्छ : गगन थापा

काठमाडौँ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले दीर्घकालीन समाधान नखोज्दा वर्षैपिच्छे किसानहरूले मलको अभाव झेल्नु परेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले वर्षौंदेखि मलको समस्या दोहोरिएको तर सरकारको काम गर्ने शैली नफेरिएका कारण समस्या समाधान नभएको बताएका हुन् ।

उनले सरकारले मलको समस्या समाधान गर्न नसकेको हो कि गर्न नचाहेको हो भन्ने प्रश्न उठेको पनि उनले बताए ।

'सरकार फेरियो, मानिस फेरिए, मन्त्री फेरिए तर मलको कथा जहिले पनि यस्तै रह्‍यो । अघिल्लो, त्योभन्दा अघिल्लो, त्यो भन्दा अघिल्लो सालको पत्रिका पल्टाएर हेर्‍यौं भने पनि मलको कथा र हामीले गरेका छलफल यस्तै रहे,'उनले भने, 'हामीले यत्रो बजेट छुट्यायौं तर मल नै नआए गर्ने के हो ? किसानलाई मल दिन्छौं भनेर दायित्व लिएर आएका छौं, प्रत्येक वर्ष चुक्छौं । हामी सबैलाई लज्जावोध हुनुपर्ने हो । अप्ठ्यारो लाग्नुपर्ने हो । हामीसँग सबै स्रोतसाधन छ ।

उनले थपे पैसा नपुगेर, ऐन, नियम, कानुन नभएको भए, असामान्य अवस्था भएको भए भन्न मिल्थ्यो । सबै कुरा ठिकठाक हुँदैगर्दा पनि गर्न सक्दैनौं भनेपछि हामीले गर्न नचाहेको कि गर्न नसकेको । हामीले यसलाई स्वीकार्नु पर्छ । काम गर्ने तरिका बदल्नुपर्छ । किसानहरूको आँशुले हामीलाई पोल्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077