Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री देउवालाई गगनको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई नै आग्रह गरेका हुन्।

फोहोर व्यवस्थापनको काममा नगरवासीलाई पनि आ-आफ्नो ठाउँबाट जिम्मेवारीको रूपमा लिन आग्रह गरे। असार १ गतेबाट नै कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनुका लागि महानगरवासीलाई आग्रहसमेत गरे।

आफू काठमाडौंकै सांसद भएकाले फोहोर मुक्त काठमाडौं बनाउन बनाउन सबैको सहयोगको अपेक्षा राखेका छन्। काठमाडौं महानगरसँग जोडिएका अन्य नगरपालिका र वडाहरूले सँगै काम गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077