Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नेसन्स लिग : हंगेरीमाथि इटालीको रोमाञ्चक जित

    नेसन्स लिग : हंगेरीमाथि इटालीको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इटलीले हङ्गेरीलाई हराएको छ । गएराति भएको खेलमा हङ्गेरीलाई २–१ गोलले हराउँदै इटलीले पहिलो जित निकालेको हो ।

    ओरोगेल स्टेडियम डिनो मानुजीमा भएको खेलको ३० औं मिनेटमा निकोलो बरेलाको गोलबाट इटालीले सुरुवाती अग्रता लिएको थियो । ४५ औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले घरेलु टोलीको अग्रता दोब्बर पारे ।



    ६१ औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा इटालीले २–१ को रोमाञ्चक जित निकालेको हो ।



    जितसँगै दुई खेलमा चार अंक जोडेको इटाली शीर्ष स्थानमा उक्लदाँ पराजित हंगेरी पनि समान खेलबाट चार अंकमा साथ दोस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा जर्मनी र इंग्ल्याण्डले १–१ को बराबरी खेलेका छन् ।

    लिगअन्तर्गतकै अन्य खेलमा फिनल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, टर्की र लक्जेम्बर्गले पनि जित हात पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार