Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकीको नीति तथा कार्यक्रम : किशोरीलाई निःशुल्क प्याड, सुत्केरीलाई पोषणभत्ता [पूर्णपाठ]

    गण्डकीको नीति तथा कार्यक्रम : किशोरीलाई निःशुल्क प्याड, सुत्केरीलाई पोषणभत्ता [पूर्णपाठ]

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले स्वास्थ्य पूर्वाधार निर्माण, कृषि, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउने बताए ।



    प्रदेश प्रमुख गुरुङले प्रदेशमै मुटुरोग अस्पताल स्थापना गर्ने बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा गण्डकी प्रदेशमा ५० शय्याको मुटुरोग अस्पताल स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।



    गण्डकी सरकारले ‘प्रदेश सरकारको प्रतिबद्धता स् मर्यादित महिनावारी र स्वच्छता’ भन्ने नारा लिँदै किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

    महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने सरकारको नीति छ ।सुत्केरी आमा पोषिलो खाना कार्यक्रम तय गरी अति विपन्न सुत्केरीलाई ४५ दिनसम्मका लागि स्थानीय तहसँगको सहकार्यमा पोषण भत्ता उपलब्ध गराइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार