काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रम तथा रोजगार मन्त्रालयको नाम परिवर्तन गरेर श्रम तथा बेरोजगार मन्त्रालय राख्न माग गरेकी छिन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद पौडेलले देशलाई ठूला, मझौला र साना योजना आवश्यक रहे पनि ती योजना कार्यान्वयन भयो कि भनेर अनुगमन गर्नुपर्ने संयन्त्र नभएको बताइन् ।
उनले साना प्रकारका योजना स्थानीय तहलाई जिम्मा दिए पनि त्यसको कार्यान्वयन कसरी भएको छ भनेर अनुगमन नहुने बताइन् ।
उनले युवाहरूलाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग गरिन् । उनले श्रम तथा रोजगार मन्त्रालयको बजेटमा एक सय रुपैयाँ खर्च कटौती प्रस्ताव गरेको बताइन् ।
Leave a Reply