Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले माग गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न माग गरेको छ ।

प्रधानमन्त्री देउवालाई आज बिहान बालुवाटारस्थित निवासमा भेटेर लोसपा अध्यक्ष महन्थ ठाकुरले ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077