Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग

    चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव समितिमा पठाउन एमालेको माग

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ ।

    प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार बसेको बैठकमा एमालेका प्रतिनिधिले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।



    कार्यव्यवस्था समितिका एक सदस्यले एमाले सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्धको प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।



    प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते सत्तारुढ कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार