Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • डोमिनिकन रिपब्लिकका मन्त्री ओलान्डो जोर्ग मिराको गोली हानेर हत्या

    डोमिनिकन रिपब्लिकका मन्त्री ओलान्डो जोर्ग मिराको गोली हानेर हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत साधन मन्त्रीको आफ्नै कार्यालयभित्र गोली हानेर हत्या भएको छ ।

    ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।



    उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आक्रमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।



    आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार