काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन्।
पार्टी अध्यक्ष माधव कुमार नेपालले आइतबारमात्रै पार्टीको निर्णयअनुसार चार जनालाई मन्त्रीका लागि सिफारिस गरेका थिए।
पार्टीले सिफारिस गरेको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवाले असहमति जनाएपछि हाललाई मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको हो।
तर, नेता खनालले पार्टी आफ्नो निर्णयमा अडिग रहने र त्यही निर्णय कार्यान्वय हुने अडान लिएका छन्।
खनाले पार्टीले सिफारिस गरेका चार जना नै मन्त्री बन्ने दाबी गरे।