Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शंकर पोखरेलको जिल्लामा एमालेका दर्जनौ नेता र कार्यकर्ताले दिए सामुहिक राजिनामा

दाङ । नेकपा एमालेका महासचीव शंकर पोखरेलको निर्बाचन क्षेत्र दाङ क्षेत्र नम्बर २ मा एमालेका नेता र  कार्यकर्ताले सामुहिक राजिनामा घोषणा गरेका छन् ।

एमाले घोराही नगर कमिटि सचिब इन्द्र बुढाथोकीसहित पार्टीका प्रदेश कमिटि सदस्य हेमराज बन्जाडे, धुर्बराज श्रेष्ठ भारीको उपस्थितिमा भएको समीक्षा बैठकमा जिल्लाभरि पार्टीलाई जिताउन नसकेकाले पार्टीको जिल्ला नेतृत्वले राजिनामा दिनुपर्ने कुरा जोडतोडले उठेको छ ।

स्थानीय तहको निर्बाचन समिक्षाको क्रममा नेकपा एमाले दाङको पार्टी कार्यालय भरतपुरमा जम्मा भएका घोराही १५ का एमालेका इन्चार्ज, सह इन्चार्ज, वडा अध्यक्षसहित पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा गर्ने लिखित निर्णय गरेर पदबाट राजिनामा दिएका हुन् ।

सामुहिक राजिनामा दिनेहरुमा नेकपा एमाले घोराही १५ का इन्चार्ज दोर्ण पाण्डे, सह इन्चार्ज गणेश दाहाल, पार्टीका वडा अध्यक्ष राजकुमार अधिकारी,वडा सचिब पोमबहादुर बुढाथोकीसहित २७ जनाले स्थानिय तहको चुनाबमा पार्टीलाई जिताउन नसकेको भन्दै कमिटिबाट राजिनामा दिएका छन्।

निर्बाचन क्षेत्र नम्बर २ को मुख्य बजार क्षेत्र घोराहीमा पार्टीका नेता, कार्यकर्ताले गरेको सामुहिक राजिनामाले जिल्ला तहको राजनितिमा हलचल ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077