Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोजे नागरिकले अवज्ञा गर्छन : गगन थापा

काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यातायात मन्त्रालयले एक महिनाभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न भनेर गरेको ताकेता नागरिकमाथिको अत्याचार भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले सरकारले गरेको अपारदर्शी निर्णय र निकम्मापनको सजाय नागरिकलाई दिन खोजिए यसको अवज्ञा हुने बताए। उनले इम्बोस्ड नम्बर व्यावहारिक नभएको पनि तर्क गरे।

उनले इम्बोस्ड नम्बर देवनागरीमा नभएकोमा पनि विरोध जनाएका छन्। यस्तै नम्‍बर जडानमा महँगो भएको भन्दै त्यसको मूल्य घटाउनु पर्नेमा उनको तर्क छ। जबरजस्ती गरिए नागरिकले यसको अवज्ञा गर्नेसमेत थापाले चेतावनी दिए।

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सवारीहरूमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएको छ। विभागले साउन १ गतेभित्र बागमती र गण्डकी प्रदेश भित्रका सवारी धनीले सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077