Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • रुपन्देही बस दुर्घटना : मृतक ८ जनाको परिचय खुल्यो, एकको बाँकी

    रुपन्देही बस दुर्घटना : मृतक ८ जनाको परिचय खुल्यो, एकको बाँकी

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । रुपन्देहीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका नौमध्ये आठ जनाको सनाखत भएको छ ।

    दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो ।



    यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताको मृत्यु भएको हो । एक जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ ।

    जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस बिहान भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमानामा रहेको पुलबाट रोहिणी नदीमा खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार