Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गैरसांसद कुँवरलाई मन्त्री बनाउन नेकपा एसको सिफारिश

काठमाडौं । नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ ।

नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो ।

अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो ।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।

तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो ।

कुँवरसँगै मन्त्री बन्न लागेका मेटमणि चौधरी, भवानी खापुङ र जीवनराम श्रेष्ठ भने प्रतिनिधिसभा सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077