Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष नेपालद्वारा पार्टीको इज्जत जोगिने गरी काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट नयाँ मन्त्री बन्न लागेकाहरुलाई पार्टीको इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि आलोकनगरस्थित पार्टी कार्यालयमा नेता नेपालले मन्त्री सिफारिस भएका नेतासँग छलफल गरेका थिए ।

सहरी विकास मन्त्रीमा सिफारिस भएका मेटमणि चौधरीले पार्टीलाई स्थापित गर्ने गरी अध्यक्षले निर्देशन दिएको बताए ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका लागि नाम सिफारिस गरेको छ । त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077