Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको माधवकुमार नेपालको भनाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरू फेरिनु नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन्।

आज पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले मन्त्री फेरिनु नियमित प्रक्रिया भएको बताएका हुन्।

मन्त्री फिर्ता बोलाउने निर्णयबाट केही मन्त्री रिसाउलान् नि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष नेपालले यस विषयमा पछि कुराकानी गरिने बताए।

एकीकृत समाजवादीको सचिवालय बैठकले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो।

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077