Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • राप्ती हाइड्रोले ६ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्दै

    राप्ती हाइड्रोले ६ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गते (मंगलवार)देखि आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु.१०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्र ९रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्ला०का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।



    शेयर निष्कासन बन्द छिटोमा असार ७ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ । कम्पनीको आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

    यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार