Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन्।

मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ।

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्। मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।

उनी यसबीचमा फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुग्नेदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर समन्वय गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077