काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने बताइएको छ ।
बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शनिबारदेखि सुरु भएको हो ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए ।
Leave a Reply