Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - सत्ता गठबन्धनमा इमानदारिता नभएका कारण चुनाव हार्‍यौ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनमा इमानदारिता नभएको बताएका छन् ।

जिल्लाको चुनावी समीक्षा गर्न गोरखा पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धन नै भएको बताएका हुन् ।

सत्ता गठबन्धनमा इमानदारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको उनले बताए । 'विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु । त्यसमा केही हाम्रा सीमा पनि रहे, त्यो प्रमुख कारण हो,' उनले भने,'जुन ढंगले गठबन्धन गरियो, गठबन्धनमा पनि इमानदारिता भएन ।'

डा. भट्टराईले गठबन्धनको धर्मानुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए । गठबन्धनका दलको लोकतान्त्रिक मूल्य, मान्यता र नैतिक आचारणविपरीतको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077