Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सर्वोच्च अदालतलाई चुनौती दिंदै अर्थमन्त्रीले भने–सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछ

    सर्वोच्च अदालतलाई चुनौती दिंदै अर्थमन्त्रीले भने–सरकारले कुनै पनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछ

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 798
    SHARES

    पर्सा । संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्माले सर्वोच्च अदालतले नबनाउन आदेश दिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा वर्तमान सरकारले नै बनाउने घोषणा गरेका छन् ।

    वीरगन्जमा शनिबार आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने–‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ, यसै वर्ष यसको निर्माण सुरु हुन्छ । यो अर्थमन्त्री जर्नादन शर्माको प्रतिबद्धता हो, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’



    निजगढ विमानस्थल बनाउन अब धेरै रुख काट्नु नपर्ने भन्दै उनले निजगढ विमानस्थल अन्तर्राष्ट्रिय यात्रुलाई ल्याउन र मधेसलाई काठमाडौंसँग जोड्ने सम्पर्क सूत्रको रुपमा रहेको बताए ।



    कार्यक्रममा उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दा वीरगन्ज मात्र नभई सम्पूर्ण देशलाई घाटा हुने बताउँदै निजगढ–काठमाडौं द्रुत मार्ग निर्माण सुरु हुँदा ७० अर्बको परियोजना अहिले बढेर २ खर्ब ५० अर्बको पुगिसकेकाले अब द्रुत मार्गको निर्माण कार्य द्रुत गतिमा हुनुपर्ने उनले बताए ।

    सरकारले बजेट मार्फत घोषणा गरेको वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखानाको संचालन केवल कागजमै सिमित नरहने पनि मन्त्री शर्माले दाबी गरे । उनले भने–‘वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने हो, चलाउनु पर्छ । यसको तयारी हामीले बजेट भाषण भन्दा ५/७ महिना अघिदेखि नै सुरु गरिसकेका छौं, यी कारखाना यहाँका किसान र व्यवसायीको हितमा छन्, हामीलाई कृषिमा आत्मनिर्भर बन्नु छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार