Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

    मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

    जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता सकिएकाे छैन

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिनिसभा र प्रदेश सभाको चुनाव आगामी मंसिरभित्रै हुने बताएका छन् ।

    सत्ता गठबन्धनभित्रै चुनाव कहिले गर्ने भन्ने बारे विवाद चलिरहेका बेला प्रधानमन्त्री देउवाले भने कार्तिकदेखि मंसिरभित्र प्रतिनिनिसभा र प्रदेश सभाको चुनाव हुने बताएका हुन् ।



    आज ‘कान्तिपुर हाफ म्याराथन’ को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने–‘हामी सरसल्लाह गर्दैछौं । कात्तिकमै गरे पनि हुन्छ । ढिलो गर्‍यो भने झन् विवाद हुन्छ । गठबन्धनका पार्टनरसँग कुरा गरेर कात्तिक वा मंसिरमै चुनाव हुन्छ ।’



    यद्यपी गठबन्धन भित्रकै केही नेताहरुले भने फागुनमा चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् । गठबन्धनभित्र केही दलहरुबीच सम्बन्ध चिसिइरहेको भन्दै उनीहरुले यस्तो अवस्थामा चुनाव गरिहाल्दा राम्रो नतिजा नआउने बताएका छन् ।

    तर, प्रधानमन्त्री देउवाले भने त्यसलाई अस्वीकार गर्दै मंसिरभित्रै चुनाव गर्नुपर्ने धारणा राखिरहेका छन् । आज पनि देउवाले अहिलेको चुनावी परिणाम राम्रो रहेको र आउँदो चुनावसम्म गठबन्धन कायम रहने पनि बताए ।

    जे प्रयोजनका लागि गठबन्धन बनेको हो त्यसको उपादेयता नसकिएको बताउँदै उनले भने–‘जे गठबन्धन भने पनि नेपाल अब प्रतिस्पर्धात्मक नेपाल चुनाव प्रणालीमा गइसक्यो । यो खुल्ला लोकतन्त्रमा राम्रो कुरा हो । मलाई विश्वास छ यो गठबन्धन रहन्छ । जे कारणले गठबन्धन बनेको हो । त्यो कारण सकिएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार