Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्वनाम शिक्षालयका प्रिन्सिपल प्रहरी नियन्त्रणमा, यौन दुर्व्यवहारको आरोप लागेका वार्डेन फरार

    सर्वनाम शिक्षालयका प्रिन्सिपल प्रहरी नियन्त्रणमा, यौन दुर्व्यवहारको आरोप लागेका वार्डेन फरार

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रिन्सिपल पक्राउ परेका छन् ।

    उक्त शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेतले बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अभिभावकहरुले आन्दोलन गरेपछि प्रहरीले सोधपुछका लागि भन्दै प्रिन्सिपललाई पक्राउ गरेको जनाएको छ ।



    यद्यपी यौन दुर्व्यवहारको आरोप लागेका होस्टल वार्डेन बस्नेत भने फरार छन् । अहिले पनि विद्यार्थीका अभिभावकहरुले अभियुक्तमाथि कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।



    महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उनकी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

    आरोपित वार्डेन बस्नेतको खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । पीडित भनिएका छात्राहरु ९ देखि १२ वर्ष उमेर समूहका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार