Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई ठूलो झट्का

    अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई ठूलो झट्का

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा तीव्र गिरावट आएको छ । कम्पनीका सीईओ इलोन मस्कले कर्मचारीको सङ्ख्या १० प्रतिशतले कटौती गर्न र नयाँ भर्ना रोक्न चाहेको बताएपछि अमेरिकी स्टक एक्सचेन्जमा टेस्लालाई यो झट्का लागेको हो ।

    शुक्रबार मस्कले कम्पनीलाई पठाएको एउटा इमेलमा उनले अर्थव्यवस्थाको बारेमा नराम्रो भावनाू आइरहेको छ र त्यसैले कर्मचारी १० प्रतिशत घटाउन चाहेको बताएका थिए ।



    यसअघि मे महिनामा अमेरिकी श्रम विभागले करिब चार लाख नयाँ रोजगारीको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर अमेरिकामा मुद्रास्फीति गगनचुम्बी छ र फेडरल रिजर्भ बैंकले आगामी महिनाहरूमा थप ब्याजदर बढाउने अपेक्षा गरिएको छ।



    यस घोषणा पछि टेस्लाको सेयर शुक्रबार अमेरिकी स्टक एक्सचेन्जमा ९प्रतिशत र नास्डाकमा लगभग २प्रतिशत घट्यो।  तरुण दलले यो जघन्य अपराधिक घटना कुनै अपराधिक गिरोहले राजनीतिक प्रतिशोध राखी योजनावद्ध ढंगबाट गराएको हुन सक्ने आशंका पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार