एजेन्सी । यूरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाएको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दबाब दिएको हो ।
रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफलपछि संघले शुक्रबारमात्रै औपचारिक निर्णय गरेको जनाइएको छ ।
यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन्। त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ।
Leave a Reply