Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कमला नदीको दोहन रोक्न सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश

    कमला नदीको दोहन रोक्न सर्वोच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कमला नदीको दोहन रोक्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । नदीको दोहन रोक्न माग गर्दै परेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    सिन्धुलीको सिन्धुलीगढीमा उद्गम स्थल भएर सिन्धुली, उदयपुर, सिराहा र धनुषा भएर भारततर्फ बहने कमला नदीको पटक-पटक योजनाबद्ध दोहन भएको भन्दै काठमाडौं स्कुल अफ लमा अध्ययनरत प्रतिक नेपालले जेठ १७ गते रिट दायर गरेका थिए ।



    न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार नदीको प्राकृतिक बहाबलाई असर पर्नेगरी नदीजन्य पदार्थहरु निकाल्ने ढंगा, गिटी, बालुवा निकाल्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।



    यस्तै आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्यान सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार