Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ ।

गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो ।

योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

यहीँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट संसदमा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077