Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई जवाफ दिदैँ अर्थमन्त्रीले भने- पाँच महिनाको बजेट ल्याउने व्यवस्था संविधानमा छैन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।

बजेटमाथिको छलफलमा नेकपा एमालेलाई जवाफ दिदै शर्माले पाँच महिनाको बजेट बनाउने व्यवस्था संविधानमा नरहेको बताएका हुन् ।

प्रमुख विपक्षी दल नेकपा एमाले नेताहरुले पाँच महिनामा आम निर्वाचन हुने भन्दै अहिलेको सरकारले वार्षिक बजेट ल्याउनु नहुने धारणा राखेका थिए । उनीहरुले पाँच महिना आयुको सरकारले वार्षिक बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।

यसैक्रममा बोल्दै उनले ‘मैले संविधानमा यति महिनाको मात्र बजेट बनाउने भन्ने देखिन्न, हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि वार्षिक बजेट नै पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेछ’ उनले भने, ‘पाँच महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो, ७ महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो त्यो संवैधानिक व्यवस्था भेटिएन । त्यसले यो वार्षिक बजेट नै हो ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077