Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • सम्झौताअनुसारको रासायनिक मल नदिएपछि कृषि मन्त्री यादव भारत भ्रमणमा

    सम्झौताअनुसारको रासायनिक मल नदिएपछि कृषि मन्त्री यादव भारत भ्रमणमा

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि ताकेता गर्न भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र यादव भारत पुगेका छन् ।

    खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रमलगत्तै भारतका रसायन तथा उर्वर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।



    भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका छन् ।



    हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार