Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • यू-१९ नेपाली महिला टोली टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा विजयी

    यू-१९ नेपाली महिला टोली टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

    मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनायो। ११८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको कतार ३८ रनमा अलआउट भयो।



    उसका लागि साची दधवाल र श्रुतिवेन कमलेशभाइ रानाले समान १४ रन बनाउनुबाहेक अन्य कुनै व्याट्स्म्यानले दोहोरो अंक बनाउन सकेनन्। कतारका ७ खेलाडी शून्यमा आउट भए।



    कतारलाई सस्तैमा समेटन सृष्टी जैशीले ३ तथा अनु कडायत, कप्तान कृतिका मरासिनी र स्नेहा महराले समान २÷२ विकेट लिए। नेपालले दोस्रो खेल भोलि युएईविरुद्ध खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार