Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिने अर्थमन्त्री शर्मा

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन् ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077